भारतमा थपिए १ लाख ७९ हजार संक्रमित
२६ पुस, एजेन्सी । भारतमा १ लाख ७९ हजार ७२३ कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप १४६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मनत्रलयका अनुसार भारतमा हाल सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ ।
यस्तै, ४६ हजार ५६९ जना कोरोना संक्रमण्ममुक्त भएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भइसकेका छन् ।






