न्युयोर्कको एक भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु

   २६ पुष २०७८, सोमबार ११:००  

२६ पुस, एजेन्सी । अमेरिकाको न्युयोर्क शहरस्थित एक भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ ।

ब्रोंक्समा रहेको ३३३ ईस्ट १८१औं सडकस्थित १० तल्ले भवनमा भएको भीषण आगलागीमा परी ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ, भने दर्जनौं मानिस गम्भीर घाइते भएका छन् ।

एउटा बेडरूममा रहेको पोर्टेबल हीटरबाट सल्किएको आगो भयंकरसँग दन्किएको र धूवाँले पूरै भवनलाई ढाकेको जानकारी आएको छ ।