प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जाने सम्भावना कम
२२ पुस, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भारतको गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने र नजाने विषयमा हाल कुनै निर्णय भएको छैन ।
भारतमा कोरोनाको संक्रमित बढेको कारण भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएको भारतीय पत्रिका द हिन्दी समाचारमा छापिएको छ । जनवरी १० देखि हुने भनिएको समिट गुजरात सरकारले सारेको हो ।
तर, हाल गुजरात सरकारले समिटको अर्को मिति तय गरेको छैन ।
भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो । भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ ।






