एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन
१६ पुस, काठमाडौँ । काठमाडौँको बानेश्वरमा एमसीसीविरुद्ध नेपाल मजदूर किसान पार्टीले प्रदर्शन गरेको छ ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै आज (नेमोकिपा)ले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको स्रोतले जनाएको छ ।
शुक्रबार दिउँसो पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित एमसीसीविरुद्ब नाराबाजीका साथ प्रदर्शनमा गरेका हुन् ।






