प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे; माधव
३ भदौँ, रौतहट । सरकारले अध्यादेश जारी गरेसंगै नेकपा एमालेबाट छुटेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपाल आज सरकारी निवास बालुवाटार पुगेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा माधव नेपाल पुगेका स्रोतले जानकारी दिए । आजको यो भेटमा माधव र देउवाबीच मन्त्रिपरिषद् विस्तार, राजनीतिक दल विभाजनका लागि सहज बनाउन ल्याइएको अध्यादेश र सरकारका कामबारे छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार यसअघि बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए ।






