माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

   ३१ श्रावण २०७८, आईतवार ११:०४  

३१ साउन, रौतहट । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्णबैठक आज बस्ने लागेको छ ।

आइतबार बिहान ११ बजे बोलाइएको बैठकमा समूहगत रुपमा तयार गरिरहेको सुझाव प्रस्तुत गर्ने र समूहले गरिएको निर्णयमाथि छलफल गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

शनिबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा विभाजन गरी पार्टीका अध्यक्षको प्रतिवेदनमाथि छलफल गरिएको थियो ।

स्रोतका अनुसार आज बोलाइएको बैठकमा विभाजन भएको सबै आठै समूहहरुबाट छलफलपछि आएको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने छ ।