प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

   २४ श्रावण २०७८, आईतवार १३:००  

२४ साउन, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीसंग भेट्न आज बिहान १० बजेतिर नै प्रचण्ड सरकारी निवास बालुवाटारमा पुगेका स्रोतले जनाएको छ । स्रोतका अनुसार आज देउवा र प्रचण्डबीच मन्त्रीमण्डल विस्तारको विषयमा छलफल हुने बताइएको छ ।

प्रचण्डले आफ्रनो पार्टीका धेरै सांसदहरुले मन्त्री बन्न इच्छा देखाएपनि नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको स्रोतले जानकारी दिए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम छनोट गर्ने जिम्मा पार्टीका शीर्ष नेताहरुलाई दिएपनि हालसम्म कसैले पनि मन्त्रीको टुंगो लगाउन सकेका छैनन् ।