एमालेको स्थायी कमिटी बैठक बस्दैँ

   १६ श्रावण २०७८, शनिबार १०:५२  

१६ साउन, रौतहट । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्न लागेको छ ।

शनिबार बोलाइएको बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने भएको छ । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय भएो छ ।