माधव समूहका स्थायी कमिटी बैठक बस्दैँ
११ साउन, रौतहट । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका आज पनि स्थायी कमिटी बैठक बस्ने लागेको छ ।
माधव पक्षका नेताहरूको बैठक सोमबार बिहान ११ बजे बुद्धनगरमा बस्न लागेको स्रोतले जनाएको छ । आजको बैठकमा पार्टी एकताका विषयमा केन्द्रित हुने भएको स्रोतले जनाए ।
आइतबार बसेको बैठकमा नेताहरूले अहिलेको स्थितिमा पार्टी एकता गरेर जानूको विकल्प नरहेको विषयमा छलफल गरेका थिए । एमाले एकताका लागि निवर्तमान प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर छलफल गर्नुपर्ने दबाब बढे पनि दुई जनाको भेटवार्ता हुन सकेको छैन ।
करिब एक हप्तादेखि दोस्रो तहका नेताहरू प्रयासरत रहे पनि उनी दुवै जनाको भेटर्वाता भएको छैन् ।






