आज पौडेल पक्षको बैठक कोइराला निवासमा बस्दै
१० साउन, रौतहट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आइतबार बोलाएको बैठक शशांक कोइराला निवासमा बस्न लागेको छ । आज मध्यान्ह १२ बजे बोलाइएको बैठक महामन्त्री शशांक कोइरालाको निवास बस्न लागेको हो ।
बैठकमा वरिष्ठ नेता पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नेताहरू रामशरण महत र मिनेन्द्र रिजाल लगायतका नेताहरुको उपस्थिति हुने भएको स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार बैठकमा १४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल केन्द्रित हुने छ ।






