बूढानीलकण्ठमा आज कांग्रेस पदाधिकारी बैठक बस्ने

   ८ श्रावण २०७८, शुक्रबार ११:१६  

८ साउन, रौतहट । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बूढानीलकण्ठमा बस्न लागेको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा नै शुक्रबार बैठक बोलाइएको हो ।

आजको बैठकमा क्रियाशिल सदस्यतामाथि देखिएका विवाद समाधान गर्ने विषयमा छदफल हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्न कांग्रेसले निर्णय गरेको थियो ।