माधव समूहको स्थायी कमिटी बैठक शुरु

   ६ श्रावण २०७८, बुधबार १३:४८  

६ साउन, रौतहट । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाइएको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बुधबार दिउँसो १ बजे बानेश्वरमा बोलाइएको माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको स्रोतले जनाएको छ । आज बसेको बैठकमा समसामयीक विषयमा छलफल हुने स्रोतले जनाइएको छ ।

मंगलवार बसको बैठकमा भएको छलफलमा संसद जोगाउन सफल भएकाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोसिस गर्नुपर्ने निष्कर्ष समेत निकालेको थियो ।