बालुवाटारमा प्रधानमन्त्री देउवा र महन्थबीच छलफल

   ६ श्रावण २०७८, बुधबार १२:२०  

६ साउन, रौतहट । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।

बुधबार बिहान सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिए ।