प्रधानमन्त्री देउवा र प्रचण्डबीच वार्ता
द नेपाल मिडिया
५ श्रावण २०७८, मंगलवार १२:०९
५ साउन, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानमनत्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुदैँछ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका निजी निवास कोटेश्वर पुगेर मंगलबार बिहान प्रचण्ड भेटेपछि बालुवाटार पुगेका हुन् ।
यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका देउवाले सरकारको विस्तारबारे पनि प्रचण्डसँग छलफल गरिरहेका स्रोतले जनाएको छ ।






