देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहन सक्दैनन्; ओली
द नेपाल मिडिया
३ श्रावण २०७८, आईतवार १५:४४
३ साउन, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको निर्णय विपरीत देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने ओलीले घोषणा गरेका हुन् ।
तर, आइतबार बसेको स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समुह सहभागी थिएनन् ।






