आज बोलाइएको प्रदेशसभा बैठक स्थगित

   २३ असार २०७८, बुधबार १३:३८  

२३ असार, रौतहट । प्रदेश नं. २ को प्रदेशसभा बैठक यसपालि पनि स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको सूचना टाँस गरेर जानकारी गराइएको हो ।

“ आज स्थगित गरिएको प्रदेशसभा बैठक अगामि असार २५ गते दिउँसो १ बजेको लागि सारिएको समेत सूचनामा उल्लेख गरिएको छ,”

आज बस्ने बैठक प्रदेशसभा सरकारको विकास निर्माण र अन्य खर्च भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले स्थगित गर्नु परेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जनाएका छन् ।