एमाले केन्द्रीय कमिटी बैठक सुरु

   १८ असार २०७८, शुक्रबार १२:५८  

१८ असार, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपा (एमाले)का केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

१० औँ महाधिवेशन आयोजक कमिटी विघटन गरेर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले आयोजक कमिटीलाई अवैधानिक भनेपछि प्राधनमन्त्री ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिणत गरेका छन् ।