माधव नेपाल पक्षका स्थायी कमिटी बैठक शुरु

   १७ असार २०७८, बिहीबार १३:३७  

१७ असार, रौतहट । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा सुरु भएको छ ।

बिहीबार बोलाईएको बैठकमा नेता माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, युबराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, घनश्याम भुसाल लगायतका नेताहरु उपस्थित भएका हुन् ।

बैठकमा सहभागि भएका एक नेताले दिएका जानकारी अनुसार आजको बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय लिने हो ।