आज सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

   १७ असार २०७८, बिहीबार १०:५०  

१७ असार, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बिहीबार बस्न लागेको छ ।

आज दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बोलाइएको बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने छ ।

सह-महामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठकमा क्रियाशील सदस्यता विवाद छानविन समितिका सदस्यहरुलाई पनि डाकिएको हो ।

पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर पक्षले बिरोध गर्दै आएको महतले बताए ।