भ्रमणमा नेपाल आउदैँ अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो

   ११ आश्विन २०७९, मंगलवार १३:३५  

११ असोज, रौतहट । भ्रमणका लागि आएकी अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार काठमाडौँ आउने भएकी हुन् ।
१२ दिनको भ्रमणमा रहेकी अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपालसँगै यूएई, उज्बेकिस्तान र किर्गिस्तान को भ्रमणका लागि भोली (बुधबार) नेपाल आउँने भएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे अन्तरक्रिया गर्ने समेत बताइएको छ ।