भारतको तेलंगानामा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु
२८ भदौँ, एजेन्सी । भारतको तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी भएको छ ।
विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । होटलको पहिलो फ्लोरमा रहेकोविद्युतीय स्कुटरको शोरुममा भएको आगालीमा परेर ज्यान गुमाएका ६ जना प्रति भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दाै मृतक परिवारलाई २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
यस्तै आगलागीबाट निस्केको धुवाले दोस्रो तलामा रहेकाहरुलाई समस्या भएको बताइएको छ । हाल आगलागीको कारण खुल्न सकेको छैन् । शेरुममा आगलागी भएको बेला २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी रहेको बताइएको छ ।
कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फालेका थिए । एजेन्सी






