चीनको सिचुवान प्रान्तमा भूकम्पमा हुँदा ६५ जनाको मृत्यु, २५० जना घाइते

   २१ भाद्र २०७९, मंगलवार १४:१८  

२१ भदौँ, एजेन्सी । चीनको सिचुवान प्रान्तमा भएको भूकम्पमा परेर ६५ जनाको मृत्यु भएको छ ।

सोमबार भएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ भने २५० जना घाइते भएका हुन् । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले १२ जना सम्पर्कविहीन भएको समेत समाचारमा उल्लेख गरेको छ ।

चीनको सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्प पछिको परकम्प आज बिहान पनि महसुस भएको थियो । भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको जनाइएको छ । एजेन्सी