चक्कु प्रहार गरी क्यानडामा १० जनाको हत्या, १५ जना घाइते

   २० भाद्र २०७९, सोमबार १०:४९  

२० भदौँ, एजेन्सी । क्यानडाको छुट्टाछुटै स्थानमा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ भने १ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ ।

चक्कु प्रहारबाट १० जनाको हत्या गरिएको छ भने अन्य १५ जना घाइते भएका छन् । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो समेत सार्वजानिक गरेको छ । चक्कु प्रहार गरी उनीहर कालो कार चढेर फाग्न सफल भएका थिए ।

घटना पश्चात् फरार भएका आरोपीहरुको खोजी सुरु भएको बीबीसीले जनाएको छ ।