एप्पलको आईफोन १४ भारतमा पनि बन्दैँ
१३ भदौँ, एजेन्सी । एप्पल इन्कले आईफोन १४ चीनमा सार्वजनिक भएको दुई महिनापछि नै भारतमा पनि निर्माण सुरु गर्ने योजना बनाएको छ ।
चीनमा आफ्ना फोनहरू बनाइरहेको एप्पलले पछिल्लो समय अमेरिका र चीनबीच भूराजनीतिक टकराब बढेपछि विकल्प खोज्न थालेको छ । यस अन्तरगत भारतलाई चीनको विकल्पको रूपमा हेरिएको छ । यही वर्ष भारत र चीनबाट एकै पटक फोन सार्वजनिक गर्ने योजना भए पनि त्यो सफल नभएको स्रोतलाई उद्धृत गर्दै ब्लुमवर्गले लेखेको छ ।
एप्पलले सन् २०१७ देखि नै आईफोन सम्बन्धी विभिन्न पार्टपुर्जाहरू चेन्नईस्थित उद्योगबाट उत्पादन गर्न थालेको हो । एप्पल र फक्सकनले भारत र चीनबाट आइफोन एक्कै पटक उत्पादन गर्ने योजन यो वर्ष सम्भव नभए पनि त्यसलाई उनीहरुले दीर्घकालीन उद्देश्य अन्तरगत राखेको बताइएको छ ।
आईफोनको यस पटकको संस्करण चीन र भारतबाट एक्कै पटक सार्वजनिक गर्न नसके पनि छोटो समयपछि भारतमा फोन एसेम्बल सुरु गर्ने तयारी सुरु भएको ब्लुमवर्गले लेखेको छ । एजेन्सी






