भारतको नोयडास्थित ट्वीन टावर भत्काउन; सर्वाेच्चको आदेश

   १२ भाद्र २०७९, आईतवार १३:३६  

१२ भदौँ, एजेन्सी । भारतको नोयडाका ट्वीन टावर भत्काउन अदालतले आदेश दिएको छ ।

भारतको नोयडास्थित रहेको ट्वीन टावर कानुन विपरीत निर्माण गरिएको भन्दैँ टावर भत्काउन लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । नोयडामा रहेका सुपरटेक बिल्डरले निर्माण गरेका एपेक्स र केएन नामबाट चिनिने टावर भत्काउन अदालतले आदेश दिएको थियो ।

भवन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ पड्काएर ध्वस्त गर्न लगाइएको छ । भारतीय सञ्चारमाध्यका अनुसार ट्वीन टावर भत्काउन भारतको सर्वोच्च अदालतले आदेश दिएसंगै भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि सकेत गरिएको छ ।

त्यसैगरी, आसपासको सडक यातायातको आवतजावत समेत निषेध गराइएको छ । एजेन्सी