सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

   ३ असार २०७८, बिहीबार १२:००  

३ असार, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज आज बस्न लागेको छ ।

अगामी भदैँमा हुने कांग्रेसको १४ औँ महाअधिवेशनको कार्यतालिका हेरफेर, समसामयिक राजनीतिक घटनाक्रम र क्रियाशील सदस्यता लगाएतका विषयमा छलफल गर्नेका लागि बिहीबार पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।