झलनाथ खनाल नर्भिक अस्पतालमा भर्ना

   ३१ जेष्ठ २०७८, सोमबार १५:२८  

३१ जेठ, रौतहट । आज बिहानै नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

खनाललाई विगत ९ दिनदेखि ज्वरो आउँने थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान ७ः४५ बजेतिर उपचारका लागि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका हुन् ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।