कांग्रेस संसदीय दल कार्यसमिति बैठक नयाँ बानेश्वरमा बस्दैँ

   ५ जेष्ठ २०७८, बुधबार १०:३९  

५ जेठ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैँ छ ।

नयाँ बानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो २ः३० बजे बैठक बोलाइएको हो ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल हुने स्रोतले जनाएको छ ।