बुधबार कांग्रेसले बोलायो संसदीय दलको बैठक
द नेपाल मिडिया
४ जेष्ठ २०७८, मंगलवार १३:२२
४ जेठ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ ।
जेठ ५ गते (बुधबार) दिउँसो २ः३० बजेको लागि बैठक बोलाईएको स्रोतले जनाएको छ ।
संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा समसामयिक राजनीतिक र कोरोना माहामारी नियन्त्रणका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।






