भारतमा थप ३८ हजार ९०२ जनामा कोरोना पुष्टि
साउन ४, रौतहट । भारतमा कोेरोना भाईरस (कोभिड १९)बाट थप ३८ हजार ९०२ जना संक्रमित भएको छ ।
भारतको स्वाथ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३८ हजार ९०२ जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितका संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ । भने, बितेको २४ घण्टामा मात्र ५४३ जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगिसकेको छ ।
कोरोनामा माहामारीबाट सबैभन्दा प्रभावित भारतको माहाराष्ट््रमा पनि संक्रमितको संख्या तीन लाख नाघेको छ, भने तामिलनाडुमा एक लाख ६५ हजार भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै दिल्लीमा पनि संक्रमितको संख्या २१ ह्जारभन्दा धेरै भईसकेको छ ।
अहिलेसम्म मभारतमा कोरोनाका एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ । कोरोनाका संक्रमणसंगै भारतमा परीक्षण संख्या पनि बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाईरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद (आईसीएमआर)ले जनाएको छ ।
भारतमा संक्रमित थपिएसंगै निको हुनेको संख्या पनि ६ लाख ७७ हजार ४२३ पुगेको छ ।






