ओलीलाई भेट्न बालुवाटार पुगे; महन्थ ठाकुर
द नेपाल मिडिया
२९ बैशाख २०७८, बुधबार १४:०८
२९ बैशाख, रौतहट । प्रधानमन्त्री केमी शर्मा ओलीलाई भेट्न सरकारी निवास बालुवाटारमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पुगेका छन् ।
बुधबार केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकटका एक नेताले जनाए ।
अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ, उनले बताए । यही बैशाख २७ गते (सोमबार) ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।






