कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द

   ७ बैशाख २०७८, मंगलवार १२:३९  

७ बैशाख, रौतहट । भारतमा कोरोना संक्रमण दर बढेसंगै कक्षा १० को परीक्षा रद्द गरिएको छ ।

काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले कक्षा १० को राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

बोर्डले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आइसिएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ ।

बोर्डले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको पक्रिया थाल्न भनेको छ । कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका बनाउने र निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ ।

तर, कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने जनाइएको छ । एजेन्सी