प्रधानमन्त्रीले नै गरे स्वास्थ्य मापदण्डको उल्लंघन
७ बैशाख, रौतहट । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको भोलिपल्ट नै बालुवाटारबाटै निर्देशनको उल्लंघन भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको थियो । निर्णय गरेको २४ घण्टा नबित्दैँ ओलीले भिडभाड सहित श्री सिताराम शोभा रथयात्रा स्थापना समारोहमा सहभागी भएका हुन ।
हिजो बसेको बैठकमा स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन अनुसार कानूनी कारवाही गरिने समेत चेतावनी दिइएको थियो ।
तर, आज रथयात्रा स्थापना समारोहमा सहभागी हुदैँ रथ यात्रामा बुधबार चितवनको देवघाटमा ८ सय जना र माडीमा १५ सय जनालाई भोज खुवाउने व्यवस्था समेत गरिएको छ ।






