पेरिसडाँडाँमा आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

   ७ बैशाख २०७८, मंगलवार ११:३२  

७ बैशाख, रौतहट । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

सोमबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएकाछन् ।

पौडेलका अनुसार आज बस्ने बैैठकमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल हुने छ ।