ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने

   ४ बैशाख २०७८, शनिबार ११:०३  

४ बैशाख, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु सहभागी नहुने भएको छ ।

सरकारी निवास बालुवाटारमा शनिबार ११ बजेतिर बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने बताएइको छ । शुक्रवार प्रचण्डलाई ओलीले फोन गरेर सर्वदलीय बैठकमा आउन भने पनि आज उनी बैठकमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ ।