बागमती प्रदेश सभाको बैठक आज बस्दै

   २ बैशाख २०७८, बिहीबार १३:३८  

२ बैशाख, रौतहट । बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैँ छ ।

बिहीबार दिउँसो करिब १ बजेतिर बैठक बस्ने भएको प्रदेश सभा सचिवालयले जानकारी दिए । पूर्वनिर्धारित सूचना अनुसार कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको कार्यसूची अनुसार आजको बैठक बस्ने बताइएको छ ।

प्रदेशको प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको सचिवालयले जनाए ।