आज बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
द नेपाल मिडिया
३० चैत्र २०७७, सोमबार १२:५०
३० चैत, रौतहट । सोमबार दिउँसो २ बजे बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको कारण आज बोलाइएको बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ । आजै बिहान पौडेलको निधन भएकाले बैठक स्थगित गरिएको छ ।
स्रोतले दिएका जानकारी अनुसार सोमबार बोलाइएको बैठकमा आसन्न १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तयार गरिएको थियो ।






