खनाल-माधव पक्षले वाग्मती प्रदेश कमिटी घोषणा गर्दै
द नेपाल मिडिया
२४ चैत्र २०७७, मंगलवार ११:३०
२४ चैत, रौतहट । नेकपा एमालेको खनाल-माधव पक्षले समानान्तर कमिटी घोषाणालाई तीव्रता दिएको छ ।
वडा तहसम्मै समानान्तर कमिटी बनाउने उद्घोष गरेको झल्नाथ खनाल र माधव कुमार नेपाल पक्षले आज वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषाणा गर्ने एको छ ।
स्रोतका अनुसार हाल ११ बजे कलंकीस्थित सिद्धीगणेश पार्टी प्यालेसमा बस्ने बैठकले कमिटी घोषणा गर्ने भएको हो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा अघि बढेकाले आफूहरु संगठित हुदै जाने बताइन् ।






