माओवादी स्थायी कमिटी बैठक स्थगित
२२ चैत, रौतहट । माओवादी केन्द्रको स्थायी कमिटी बैठक नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) सँगको छलफलपछि मात्रै बस्ने भएको छ ।
आइतबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक हाल स्थगित भएको छ । “कांग्रेस र जसपासँग छलफल नगरी निर्णय गर्नुको अर्थ नहुने देखिएकाले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।
गत बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले कांग्रेस र जसपालाई सत्ता गठबन्धनका लागि तयार हुन आग्रह गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले शुक्रबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।






