खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैँ
द नेपाल मिडिया
१२ चैत्र २०७७, बिहीबार ११:२९
१२ चैत, रौतहट । नेकपा एमालेको झाल्नाथ खनाल र माधव कुमार नेपाल पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
शुक्रबार बिहान ११ बजे कलंकीको मेघा पार्टी प्यालेसमा बैठक बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जनाएका छन् ।
बैठकमा समसामयिक विषयमा छलफल हुने राईले बताएका हुन् । नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गत फागुन २८ गते एकलौटी रुपमा निर्णय गरेको थियो ।
सोही निर्णय खारेज गर्नुपर्ने माग खनाल–नेपाल समूहको छ । तर, ओली उक्त निर्णय खारेज गर्ने पक्षमा छैनन् ।






