आज आमहड्ताल गर्दाै प्रचण्ड–नेपाल पक्षको ९३ जना पक्राउ

   २२ माघ २०७७, बिहीबार १२:१५  

२२ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-नेपाल पक्षधरहरुले आयोजना गरेको देशव्यापी रुपामा आज आमहड्ताल गरेको छ ।

बिहीबार आमहड्ताल गर्दाै देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोड गरेका कारण हालसम्म विभिन्न स्थानबाट ९३ जना बन्दकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँबाट ७६, भक्तपुरबाट १ र तनहुँबाट १६ जना रहेको प्रहरीले जानकारी दिए ।

कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको भन्दै दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर फरार भएको काठमाडौँका एसएसपी अशोक सिंहलले जनाए ।