भारतमा कुरियरबाट गांजा बरामद, ३ जना पक्राउ
२६ पुस, रौतहट । भारतको मुंबईको बांद्रा वेस्टमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले एक कुरियरबाट गांजा बरामद गरेको छ । जफत गरिएको गाँजाको परिमाण झन्डै २ सय किलो रहेको एनसिबीले जनाएको छ ।
गांजा बरामद भएपछि शनिवार दुई भारतीय र एक ब्रिटिश नागरिकलाई पुलिसले हिरासदमा लिएको छ । दुई भारतीय नागरिक मध्य अभिनेत्री दीया मिर्जाका पुर्व मैनेजर राहिला फर्नीचरवाला र उनकै बहिनी शाहिस्ता फर्नीचरवाला रहेको पुष्टि भएको छ । शाहिस्ता फर्नीचरवाला सँग समेत गाजा बरामद गरिएको एनसिबीले जनाएको छ ।
सुशान्त सिंह राजपूतको आत्महत्यापछि एनसिबीले ड्रग्स केसमा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह र अन्य सेलिब्रेटीसँग पनि अनुसन्धान गरेको छ । अर्जुन रामपाल, करण जौहर, कमेडियन भारती र उनका पति हर्ष लिम्बाचियाको नाम पनि छानिवनका क्रममा जोडिएको छ ।






