बालुवाटारमा ओली–प्रचण्डबीच छलफल हुँदै
द नेपाल मिडिया
५ पुष २०७७, आईतवार ११:२८
५ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ ।
यसअघि आकस्मिक मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रनी ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष पठाएका हुन् । उनले आजको आकस्मिक मन्त्रिपरिषद् बैठकमा पहिले नै संसद विघटनको प्रस्ताव राखेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठक सुरु भए लगत्तै यो प्रस्ताव राखिएको थियो । मन्त्रिपरिषद् बैठक चल्दा चल्दै प्रचण्ड बालुवाटार पुगेको उनीनिकट एक नेताले जानकारी दिएका छन् ।
आजै नेकपाको स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।