प्रचण्ड र माधवकुमार नेपालको छलफल सुरु

   ३ पुष २०७७, शुक्रबार १४:२१  

३ पुस, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको प्रदेश १ स्तरीय छलफलसुरू भएको छ ।

पेरिसडाँडामा सुरू भएको भेलामा पार्टी प्रदेश १ का प्रचण्ड– नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी हुन् ।

भेलालाई प्रचण्ड र नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय प्रचण्ड–नेपाल समूहले तल्ला कमिटीहरूको भेलालाई तिव्रता दिएको छ ।