ओली र प्रचण्डको आज पनि भेटवार्ता

   २ पुष २०७७, बिहीबार १०:४७  

२ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएसँगै विभाजनतर्फ उन्मुख भएको नेकपाको विवाद तत्कालका लागि टरेको छ ।

अध्यादेश फिर्ता लिन ओली तयार भएसँगै संसदको विशेष अधिवेशन बोलाउनका लागि ओली इतरको समूहले गरेको प्रक्रिया पनि रोकिएको छ ।

एउटा खड्गो टरेपनि नेकपा भित्रको पुरानो विवाद भने यथावत नै छ । पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच आज पनि छलफल हुने भएको छ ।

प्रचण्डनिकट स्रोतले दिएको जानकारी अनुसार बिहीबार दिउँसोतिर ओली र प्रचण्डबीच छलफल हुनेछ ।