आज बसेको मन्त्रीपरिषद बैठक कुनै निर्णय नभएको दाबी

   ३० मंसिर २०७७, मंगलवार १५:११  

३० मंसिर, रौतहट । मन्त्रीपरिषद बैठकमा नियमित बाहेकका राजनीतिक प्रवृत्तिका कुनै पनि निर्णय नभएको एक मन्त्रीले बताएका छन् ।

सोमबार नियमित बैठक नबसेकाले मंगलबार (आज) बैठक भएको र नियमित गर्नु पर्ने काम सम्बन्धी विषयमा निर्णय भएको उनले जानकारी दिए ।

कुनै पनि राजनीतिक निर्णयका लागि अध्यादेश ल्याउने सम्बन्धमा बैठकमा कुरा नभएको ती मन्त्रीको भनाई छ। बिहान बोलाएको संबैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछी बैठक स्थगित भएको थियो। उक्त बैठक मंगलबार बेलुका ५ बजे फेरि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक बोलाएपछि गत जेठमा जारी भएको संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी हुने चर्चा राजनीति क्षेत्रमा चलेको थियो। तर मन्त्रीपरिषद बैठकले त्यसबारे कुनै निर्णय नगरेको ती मन्त्रीले जानकारी दिए।