ओलीकै कारण सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लाग्योस् शेरबादुर देउवाले आरोप

   २९ मंसिर २०७७, सोमबार १५:१७  

२९ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारबाट दिक्क भएर डकमा ‘राजा आउ देश बचाउ’ को नारा लागेको नेपाली काँग्रेसका सभापति शेरबादुर देउवाले आरोप लगाएका छन् ।

उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए ।

सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए ।