नेकपा स्थायी कमिटी बैठक अब पुस १ गते बस्ने

   २८ मंसिर २०७७, आईतवार १३:५४  

२८ मंसिर, रौतहट । सरकारी सनवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठक अब पुस १ गते बस्नेगरि सकिएको छ ।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको थियो ।

अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।