नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल आजको संवैधानिक परिषदको बैठकमा बस्न सकेन

   २८ मंसिर २०७७, आईतवार १३:४२  

२८ मंसिर, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस अघि नै आज बिहान ९ बजेको लागि बोलाइएको संवैधानिक बैठकमा आउन नसक्ने जनाउ दिएका थिए ।

कांग्रेसको पूर्वनिर्धारित विरोध कार्यक्रमको तयारीका लागि बाहिर जानु पर्ने भन्दै देउवा बैठकमा आउन नसक्ने बताएका थिए ।

संवैधानिक निकायमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्तिको विषयमा बैठकमा छलफल हुने भनिएको थियो । अख्तियार प्रमुखसहित ३ सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, वित्त आयोगसहित अन्य आयोगमा पदाधिकारीको पद खाली छ ।

बैठकमा सभापति देउवा मात्र होइन सभामुख अग्नि सापकोटा पनि गएका थिएनन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश सदस्य हुन्छन् ।