काँग्रेस नेता सिटौलालाई कोरोना पुष्टि

   २७ मंसिर २०७७, शनिबार १४:०६  

२७ मंसिर, रौतहट । नेपाली काँग्रेसका नेता केष्णप्रसाद सिटौलालाई कोराृना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि, मंसिर २६ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको पोजेटिभ रिपोर्ट आज आएको हो ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोभिड(१९ संक्रमण पुष्टि भएको छ। शुक्रवार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सिटौलाले बताएका छन्।

कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन् । आफ्नो सम्पर्कमा रहेकालाई भने परीक्षण गर्न र सावधानी अपनाउन सिटौलाले अनुरोध गरेका छन् ।

मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकताअनुसार परीक्षण गर्नुहुन र साबधानी अपनाउनु हुन अनुरोध गर्दछु ।